नामियामा नयाँ कार्यसमिति



काठमाडौं । कृषि मेसिनरी व्यवसायी संघ (नामिया) मा नयाँ कार्यसमिति गठन भएको छ । कृष्ण शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको हो ।

पोखरामा सम्पन्न भएको संघको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सुनिता नेम्हाफुकी, अर्जुन लुइँटेल, गौरव श्रेष्ठ र श्रीकृष्ण अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा राजेन्द्रजंग रायमाझी, गौतम महर्जन, सन्तोषकुमार श्रेष्ठ, रोशनप्रसाद ढकाल, सकल थापा र पुस्कल गिरि छनौट भएका छन् ।


क्लिकमान्डु