सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूय प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ ।


रवि धिताल