नेपालको आर्थिक वृद्धिदर बढ्ने, मूल्य वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण



काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।आज एडीबीले ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै यस्तै प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा वृद्धिदर १.९ प्रतिशत रहेको थियो । यस वर्ष भने ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । गत आवमा ७.७ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु