नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्तालाई ५० रुपैयाँ



काठमाडौं । नमस्ते पे ले आउँदो चाडपर्वलाई लक्षित गरी नयाँ प्रयोगकर्ताका लागि अभियान सुरु गरेको छ । अभियानअन्तर्गत नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्ताले ५० रुपैयाँ प्राप्त गर्नेछन् । यो अभियान २०८० असोज १ देखि असोज १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्ताले तुरुन्तै वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन् । प्रयोगकर्ताले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन् ।

प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्डमध्ये कुनै एक हुनुपर्ने जनाइएको छ ।

नमस्ते पे  नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवाप्रदायक हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य छ ।


रवि धिताल