काठमाडौं महानगरपालिकाका मेयर बालेन ‘टायम’ म्यागजिनको ‘हन्ड्रेड नेक्स्ट’ सूचीमा



काठमाडौं । टायम म्यागजिनले वर्षेनी तयार गर्ने ‘हन्ड्रेड नेक्स्ट’को सूचिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि परेका छन् । उक्त म्यागजिनले हालै सार्वजनिक गरेको सूचिमा मेयर शाहलाई पनि राखेको छ ।

टायम म्यागजिनले सन् २०१९ बाट वर्षेनी यस्तो सूचि तयार गर्न थालेको हो । विश्वव्यापी रुपमा समाजमा केही फरक पार्ने गरि काम गरिरहेका व्यक्तिहरुलाई यो सूचिमा राख्ने गरिन्छ । स्वास्थ्य वातावरण, व्यापार, खेलकुद, कलालगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका नेतृत्वकर्ताहरुलाई यो सूचिमा राखिन्छ ।

मेयर शाहलाई उक्त म्यागजिनले सूचिमा राख्दै चुनावी मैदानमा उत्रिँदा नेपालभरमा नै स्वतन्त्र उम्मेद्वारको लहर उनले सुरु गरेको लेखेको छ । शाहले काठमाडौं महानगरपालिकामा समस्याहरुको समाधान गर्ने, फोहोर व्यवस्थापन र सरसफाई, शुद्ध खानेपानी, सफा सडक र सम्पदाहरुको संरक्षण गर्दै शहरी विकास गर्नका लागि बाचा गरेको उक्त सूचिमा लेखिएको छ । उनले आफ्नो बाचालाई पुरा गर्नका लागि गैरकानुनी रुपमा रहेका संरचनाहरुलाई हटाउने काम गरेको तथा ल्याटफिल साइटहरुको प्रयोगलगायतको क्षेत्रमा काम गरेको टायमले उल्लेख गरेको छ ।

शाहसँगै यो सूचिमा विभिन्न क्षेत्रका २२ जना नेतृत्वकर्ताहरु पनि परेका छन् । यी बाहेक विभिन्न क्षेत्रका व्यक्तिहरु गरि यो सूचिमा सय जनालाई समावेश गरिएको छ ।


क्लिकमान्डु