स्थानीय तहको अनुमतिबिना शिक्षकले सहकारी खोल्न नपाउने



काठमाडौं । शिक्षकले आफुखुसी सहकारी खोल्न वा सहकारीको सदस्य बन्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले बुधबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयकमा यस्तो उल्लेख छ ।

विधेयक बुधबार संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको छ । प्रस्तावित विधेयकमा शिक्षकले स्थानीय तहको पूर्वस्वीकृतिबिना बैंक, कम्पनी वा सहकारी स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानून बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न नहुने व्यवस्था गरिएको छ ।

यसबाट अन्यत्रको संलग्नताका कारण शिक्षण सिकाईलाई असर पुर्याउने अवस्था आउने हुँदैन ।

विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ । विधेयकमा निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा निजी विद्यालयले शुल्क लिन पाउने छन् ।


क्लिकमान्डु