भन्सारका कर्मचारीद्वारा विमानस्थल कार्गो जाँचपास अवरुद्ध



काठमाडौं । सुन तस्करी प्रकरणमा कर्मचारी पक्राउ गरेको बिरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरुले सोमबार कार्गो जाँचपास अवरुद्ध गरेका छन् ।

विद्युतीय चुरोट भेपमार्फत् ९ किलो सुन तस्करीका साथै जाँचपास भएर आएको ६० किलो सुन तस्करी प्रकरणमा आफूहरुसँगै कार्यरत कर्मचारी पक्राउ गरेको बिरोधमा उनीहरुले कार्गो जाँचपास अवरुद्ध पारेका हुन् । भन्सारका कर्मचारीहरु २४ गतेदेखि विभिन्न चरणमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनरत कर्मचारीहरुले आइतबार ३ घण्टा पेन डाउन गरेका थिए । पूर्व निर्धारित कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।


क्लिकमान्डु