‘सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनुपर्छ’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधि सभा बैठकको शुन्य समयमा उनले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाइ गर्न नहुने बताए । उनले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद भट्टराईले सत्ता पक्षकै विद्यार्थी संगठनहरुले विश्वविद्यालयलाई तालाबन्दी संस्कृतिको केन्द्र बनाएको आरोपसमेत लगाइन् ।


क्लिकमान्डु