एप्पलका उपकरण प्रयोगमा चीन सरकारको प्रतिबन्ध



काठमाडौं । चीन सरकारले अमेरिकी कम्पनी एप्पल र अन्य देशमा बनेका उपकरणहरुको प्रयोगमा रोक लगाएको छ ।

चीन सरकारले सरकारी अधिकारीहरुमा लागु हुने गरि यो व्यवस्था गरेको हो । चीन सरकारले सरकारी अधिकरीहरुलाई आफ्नो कार्यालयमा यस्ता उपकरणहरु नल्याउन र कामका लागि पनि प्रयोग नगर्न निर्देशन दिएको हो ।

वाल स्ट्रिट जर्नलको एक रिपोर्टकाअनुसार चीन सरकारले आफ्ना अधिकारीहरुलाई आफ्नै देशमा बनेका फोनहरु प्रयोग गर्नका लागि भनेका छन् । रिपोर्टमा अमेरिकी कम्पनी एप्पलको नाम भए पनि अन्य देशका फोन कम्पनीहरुको भने नाम उल्लेख गरिएको छैन ।

चीन सरकारले १२ सेप्टेम्बरमा हुने एप्पलको वार्षिक कार्यक्रम वन्डरलस्टको समयमा यो प्रतिबन्ध लगाएको छ । १२ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा हुने यो कार्यक्रममा एप्पलको आईफोन १५ देखि एप्पल वाच सिरिज ९ लगायतका उपकरणहरु सार्वजनिक हुँदैछन् ।


क्लिकमान्डु