यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा



काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्ट घोषणा गरेको छ । भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्तिमार्फत यस ऐतिहासिक अवसरको घोषणा गरेको हो ।

नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले १० जना यामाहा राइडरलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेसनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ ।

२०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर नक्सालबाट सुरु भएर २३ मोटो जीपीको प्रत्यक्ष अनुभव गरी त्यहाँबाट पुन काठमन्डौ फर्किएपछि यात्रा सम्पन्न हुनेछ ।

छानिएका यामाहा राइडरले मोटो जीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको  अनुभव प्राप्त गर्नेछन् । मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ ।


क्लिकमान्डु