‘वर्षमा ३० खर्ब डलर बराबरको कालोधन बैध भइरहेको छ, रोक्ने प्रयास सुस्त भयो, नयाँ प्रविधिको विकास हुनुपर्छ’



काठमाडौं । रिजर्ब बैंक अफ इण्डियाका (आरबीआई) गभर्नर शशिकान्त दासले कालो धनलाई बैध बनाउनबाट रोक्न नविनतम प्रविधिको विकास गर्नु पर्ने बताएका छन् ।

आरबीआईले बैंक फर इन्टरन्यास्नल सेटलमेन्टसँगको सहकार्यमा आयोजना गरेको जी २० टेक स्प्रिन्ट कार्यक्रममा दासले प्रविविको प्रयोग बढाउँदै अवैध धनलाई बैध बनाउनबाट रोक्नु पर्ने बताए ।

‘अहिले हामीले आशिंकरुपमा मात्रै सम्पत्ति शुद्धीकरण तथा आतङ्‍कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएका छौं । अहिलेको सुस्त प्रयासले कालो धनलाई बैध बनाउनबाट रोक्न निकै चुनौतिपूर्ण छ,’ दाशले भने, ‘अन्तर्राष्ट्रिय वित्तीय प्रणालीका लागि मुख्य जोखिम रहेको कालो धनलाई बैध बनाउने गतिविधि रोक्न हामीले नविनतम समाधानको विकास गर्नुपर्छ ।’

दाशले हालसम्म विकास भएका विधि र प्रक्रियामा सुधार नगरी कालो धनलाई बैध बनाउनबाट रोक्न नसकिने बताए ।

संयुक्त राष्ट्र सङ्घीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडीसी) का अनुसार संसारको कुल ग्रार्हस्थ उत्पादनको २ देखि ५ प्रतिशत बराबरको अवैध रकम प्रत्येक वर्ष बैध बनिरहेको छ ।

युएनओडीसीले प्रत्येक वर्ष ८ खर्बदेखि २० खर्ब अमेरिकी डलरसम्मको कारोधन बैध बनिरहेको अनुमान गरेको छ ।

अन्य विभिन्न अध्ययनहरुले प्रत्येका वर्ष ३० खर्ब डलर बराबरको कारोधन सफलतापूर्वक बैध बनिरहेको जनाएका छन् ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्‍कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न स्क्रिनिङ प्रक्रियाको क्षमता बढ्नु पर्ने दाशको भनाइ छ ।

‘प्रविधिको प्रयोग बढाएर मात्रै अन्तरदेशिय वित्तीय कारोबारमा हुने अपराध र अन्य आर्थिक अपराधहरु नियन्त्रण गर्न सकिन्छ,’ दाशले भने, ‘पुरानै विधि र पुरानै प्रक्रियाले मात्रै वित्तीय घटाउन सक्ने अवस्था छैन ।’


क्लिकमान्डु