‘कोरोनाकालका बिमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छ’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
सरकारले सो बिमाबापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गरेका हुन् ।
। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सचेतक बर्तौलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोपसमेत लगाए । सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाइ गर्न पनि सरकारलाई दबाब दिए ।