मौद्रिक नीतिपछि २३६.५७ अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर बजार परिसूचक नेप्से मौद्रिक नीतिपछि २३६.५७ अंकले घटेको छ । मौद्रिक नीति जारी भएको दिन साउन ७ गते ६३.२४ अंकले बढेर २२२७.१६ अंकमा उक्लिएको नेप्से सूचक बुधबार १९९०.५९ अंकमा झरेको छ ।

मौद्रिक नीतिपछि घट्न थालेको बजार यो साता भने सामान्य उतार चढाब रह्यो । यो साता भने बजार २३.३४ अंकले घटेर १९९०.५९ बिन्दुमा रोकिएको छ ।

गत बिहीबार २०१३.९३ बिन्दुमा रहेको बजार आइतबार २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा रोकियो । सोमबार भने केही बढेर ५.०९ अंकले बढेर १९९८.४८ बिन्दु उक्लेको थियो । यस्तै मंगलबार भने बजार ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा रोकियो । बुधबार पनि बजार २.८२ अंकले घटेर १९९०.५९ बिन्दुमा रोकिएको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० प्रतिशतमा झारिएको छ । त्यसको असर ८ गतेदेखि नै बजारमा देखिन थालेको छ । जुन अहिलेसम्म पनि बजारमा गिरावट कायमै छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिपछि सर्कुलर जारी गरेर बैंकहरुलाई सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० प्रतिशतमा झार्न निर्देशन दिइसकेको छ । जसको असर बजारमा देखिएको लगानीकर्ताको भनाइ छ ।

मौद्रिक आउने बेला २२२७.१६ बिन्दुमा रहेको बजार त्यसयता उक्त बिन्दु पार गर्न सकेको छैन ।


क्लिकमान्डु