प्राइम बैंकको सीईओमा संजीव मानन्धर
काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
अध्यक्ष श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।
स्थापनाकालदेखि नै बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कामु सीइओ थिए । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।
तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर काम गरेको अनुभव छ ।