ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भयोः घनश्याम भुसाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे ।

नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उनले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गरे । उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गरे ।

राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताए । उनले गठबन्धनमा काँग्रेससँगै आफूहरु रहेपनि काँग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भ्विष्य नभएको बताए ।

उनले भने, ‘राजनीतिमा जब हाम्रो ओली कमरेडको उदय शुरु भयो, त्यसपछि नेपालको राजनीतिमा घृणाको, निन्दाको, खुट्टा तानातानको, भत्र्सनाको गालीको यो एउटा परम्परा, संस्कृति हुँदै गयो । अहिले त ओलीजी भन्दा १० हात अघि गएर निन्दा भत्र्सनामा अरु नै आइपुगे । त्यो निन्दा, भत्र्सनाको बुढो प्रतिनिधिको ठाउँमा नयाँ प्रतिनिधि आए, जवान प्रतिनिधिहरु आए । ओलीले जे गर्नुभयो, त्यसको लागि १५ वर्ष हामीले हाम्रा विद्यार्थीहरुलाई पढाउनुपर्छ । नेपालले के गुमायो भन्दा शिक्षाका क्षेत्रमा मात्रै १० वर्षमा भइसक्ने, ५ वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने, र सबै नेपालीले ख्याल गर्नुहोला । यो नारा सबैलाई शिक्षा र गुणस्तरीय शिक्षा हुने थियो । त्यो अवसर ओलीजीका कारणले, ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली बाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ । ओलीजीका कारणले नेकपा एमाले झनै संकटग्रस्त बन्दैछ । संकटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’


क्लिकमान्डु