एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौंमा अवतरण हुन नसकेपछि धार्केको आकाशमा होल्ड



काठमाडौं । भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको एयर इन्डियको विमानमा समस्या देखिएको छ ।

विमानमा प्राविधक समस्या देखिएपछि एयर इन्डियाको २१५ विमानलाई आकाशमै होल्ड गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयर ट्राफिक कन्ट्रोलका अनुसार धादिङको धार्केमाथिको आकाशमा एयर इन्डियाको विमान होल्ड गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि काठमाडौं प्रवेश गरिसकेको विमानलाई धार्केतर्फ डाइभर्ट गरेर होल्डमा राखिएको हो । अवतरणका लागि काठमाडौं प्रवेश गर्नुअघि विमान जमिनबाट ४ किलोमिटरमात्र माथि थियो ।


क्लिकमान्डु