इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर बेच्ने, मूल्य कति ?



काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् ।

हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बेच्ने भएका हुन् ।
पाँडेले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ । इच्छुक संस्थापकले किन्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरिएको छ । सो सेयरमा संस्थापक सेयरधनीहरुको पहिलो हक रहने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ ।


क्लिकमान्डु