१०३ ठाउँमा भएको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक



काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक आफ्नो स्वामित्वमा भएको १०३ ठाउँको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ।

बैंकले उक्त सम्पत्ति (घरजग्गा) बिक्रीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले उक्त गैरबैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गरिने बताएको छ ।

उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले ७ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले निष्काशन गरेको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु