हिमालयन बैंकका तीन संस्थापकको १५ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

बैंकको आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर तीन जनाले बिक्री गर्न लागेका हुन् । बैंकका संस्थापक सेयरधनी प्रदिप कुमार बिडारीले ३५ हजार ९८० कित्ता, प्रभा गोयन्का भीमसरीयाले १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारले ५२ हजार ९१० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । ३५ दिन भित्र कुनै आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु