सञ्चार उद्यमी भाष्कर राजकर्णिकारले ऋण नतिरेपछि लालीगुराँस सहकारीले धितो लिलामीमा चढायो



काठमाडौं । लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले भाष्करराज राजकर्णिकार र उनको छोरीको नाममा रहेको सम्पत्ति लिलामी गर्ने भएको छ ।

भाष्कर र समृद्धि राजकर्णिकारले लिएको कर्जा समयमा नै नतिरेको भन्दै सहकारीले दुवै जनाको सम्पत्ति लिलाम बिक्री गर्न ३५ दिने सूचना निकालेको छ ।

सहकारीबाट एभिन्यूज नेटवर्क्स प्रालिले व्यवसायिक प्रयोजनका लागि लगेको कर्जाको साँवा, ब्याजलगायत अन्य दस्तुर आदि नतिरेको, नुबझाएको भन्दै धितोमा रहेको सम्पत्ति लिलामीका लागि सूचना प्रकाशित गरेको हो ।

सहकारी कर्जा तिर्न पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा समेत कर्जा चुक्ता गर्न नमानेको भन्दै सहकारीले धितोमा रहेको सम्पत्ति लिलामी गर्ने जनाएको छ ।

सहकारीले समृद्धि राजकर्णिकारको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको बुढानीलकण्ठ नगरपालिका–३ मा रहेको कित्ता नम्बर ३२२ मा रहेको २ रोपनीमा रहेको घर जग्गा लिलामी गर्ने भएको छ ।

यस्तै भाष्कर राज राजकर्णिकारको नाममा रहेको भरतपुर नगरपालिका-७ मा रहेको कित्ता नम्बर ३०५८ मा रहेको १० कठ्ठा, भतरपुर नगरपालिका- २३ मा रहेको कित्ता नम्बर १३२ र ७४० को १ बिघा, ११ कठ्ठा र २ बिघा जग्गा लिलामी गर्ने भएको छ ।


क्लिकमान्डु