सुन तस्करीमा अनावश्यक लाञ्छना लगाइयो, संलग्नताको संकेतमात्र देखाए पदमा बस्दिन: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सुन तस्करीमा आफूमाथि अनावश्यक लाञ्छाना लगाइएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् ।

आइतबार कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले उक्त प्रकरणमा आफ्नो संलग्नतामात्र देखाए पदमा नबस्ने उल्लेख गरे । पार्टीकै कतिपय सांसदले आफूमाथि लाञ्छना लगाएको भन्दै उनले असन्तुष्टि जनाए ।

उनले नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा सुनिल शर्माको नाम नलिइ सांसदबाट राजीनामा दिनु पर्ने माग उचित हो भन्दै प्रश्न गरे । ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कोही पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ बस्दिनँ ’ उनले भने ।

उनले डा शर्मा पक्राउको पछिल्लो घटनामा टाइमिङको प्रश्न रहेको बताए ।

उनले आफूमाथि प्रश्न भए पार्टीमा राख्न उनले सुझाव दिए । पार्टीमा अनुशासन र कुनै पनि कुराको आधार हुनु पर्नेभन्दै उनले बाहिर बोल्दै हिँड्नु ठिक नभएको बताए ।


क्लिकमान्डु