नेप्से २८ अंकले घट्दा २२ कम्पनीले कमाए, दुईवटामा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजार परिसूचक नेप्से २८ अंकले घट्दा २२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तीमध्ये ६ वटा कम्पनीका लगानीकर्ताले २ प्रतिशतभन्दा बढी आम्दानी गरेका छन् ।

स्वरोजगार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३३३.१ रुपैयाँ पुगेको हो ।

रिपब्लिक मिडियाको सेयर लगातार तेस्रो दिन सर्किट लागेको छ । जोखिममा रहेको यो कम्पनीको सेयर बेचेर म्युचुअल फन्ड भने बाहिरिइरहेका छन् ।

पिपुल्स पावरको सेयर ३.९४ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २.७३ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको २.४३ र तेह्रथुम पावरको २.२४ प्रतिशतले मूल्य बढेको छ । अन्य १६ कम्पनी पनि मूल्य बढ्ने सूचीमा छन् ।


रवि धिताल