राष्ट्रियस्तरका विकास बैंकले सेयरधनीलाई बढीमा ११% लाभांश दिनसक्ने, कुनको कति ?



काठमाडौं । सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकमध्ये सबै सेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय अवस्थाअनुसार सबै विकास बैंकसँग लाभांश दिन सक्ने क्षमता छ ।

८ विकास बैंकमध्ये ४ वटाले भने १० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता राख्छन् । बाँकी विकास बैंकको लाभांश दिने क्षमता १० प्रतिशतभन्दा कम छ ।

सबैभन्दा बढी लाभांश दिने क्षमता लुम्बिनी विकास बैंकको ११.६१ प्रतिशत छ भने दोस्रोमा साइन रेसुङ्गाको सेयरधनीलाई लाभांश दिने क्षमता ११.३६ प्रतिशत छ । यस्तै गरिमा विकास बैंकले १०.७४ र मुक्तिनाथ विकास बैंकको १०.०३ प्रतिशत छ ।

१० प्रतिशतभन्दा कम लाभांश दिने क्षमतामा ४ विकास बैंक छन् । जसमा ज्योति विकास बैंक ५.१८ प्रतिशत, महालक्ष्मी विकास बैंक ८.०६, सांग्रिला डेभलपमेन्ट बैंकले ७.६१ र कामना सेवा विकास बैंक १.७७ प्रतिशत छ ।

बैंकहरुको नाफामा आएको गिरावटको असर सेयरधनीले पाउने लाभांशमा पनि परेको वित्तीय अवस्थाले देखाएको छ ।


रवि धिताल