एक क्विन्टल सुन तस्करी प्रकरणमा एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु



काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान जिम्मा पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान अघि बढाएको छ ।

आइतबार अनुसन्धानको जिम्मा पाएको सीआईबीले सोमबार एसपी थापालाई अनुसन्धान अधिकृत तोकेको हो ।

राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई हिजो जिम्मा लगाएको छ ।

राजस्व अनुसन्धान विभागले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण, तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो ।

साउन २ गते त्रिभुवन विमानस्थलको भन्सार जाँच पार गरेको भित्रिएको सुन विभागको टोलीले पक्राउ गरेको थियो । त्यसयता प्रहरीलाई समेत संलग्न नगराई विभागले आफैं सुनको अनुसन्धान गरिरहेको थियो ।

हङकङबाट नेपाल भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली, २ जना चिनियाँ र एक भारतीयसहित १८ जना पक्राउ परेका छन् भने एक जनालाई हाजिरी जमानीमा छाडिएको छ ।


रवि धिताल