धितोपत्र बोर्डले गर्‍यो २ कम्पनीलाई कारबाही, १० लाख र ५० हजार जरिवाना



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई कारबाही गरेको छ । साउन ११ गते बसेको बोर्ड बैठकले दुईवटा कम्पनीलाई नगद जरिवाना गराएको हो ।

बोर्डका अनुसार बोर्डबाट सूचक एक संस्था र एक धितोपत्र दलाल व्यवसायीलाई कारबाही गरेको हो । बोर्डले सम्पन्न क्यापिटल एण्ड एड्भाइजरी नेपाल र श्रीकृष्ण सेक्युरिटिजलाई लाई कारबाही गरेको हो ।

बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गराएको छ । क्यापिटललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ७ फ को उपदफा (१) को खण्ड (ख) बमोजिम सूचक संस्थालाईलाई १० लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

यस्तै श्रीकृष्ण सेक्युरिटिजलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्था विपरित शेयर हस्तान्तरण गराएको देखिएकोले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।


रवि धिताल