अदालतको दक्षता र क्षमता अभिवृद्धि गर्न जरुरी छः न्यायाधीश सिन्हा



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताएका छन् ।

डा. रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले ज्ञान र सीपलाई पनि अभिवृद्धि गर्नु जरुरी रहेको बताए । उनले ज्ञान र सीपमा प्रहरी र सरकारी वकिलभन्दा पनि अदालत पछाडि रहेको तर्क गरे ।

उनले दशौँ वर्षदेखि अदालतले कुल बजेटको १ प्रतिशत बजेट पनि नपाउने गरेको भन्दै यसले दक्षता र क्षमता अभिवृद्धि गर्न नसकिएको बताए । दक्षता र क्षमताको विकास गर्न र पूर्वाधार विकासका लागि बजेट माग गर्दा पनि पाउन नसकेको उनको भनाइ छ ।

न्यायाधीश सिन्हाले अदालतले न्यून बजेटमा उपलब्ध स्रोत र साधनमा काम गरिरहेको बताए । उनले आपसी अन्तर्क्रिया र छलफलहरुमार्फत अदालतले पनि नयाँ-नयाँ ज्ञान र सीपहरु पाउने भन्दै सरोकारवालाहरुका बीचमा आपसी अन्तर्क्रिया गरिरहनुपर्ने बताए ।


रवि धिताल