सेयर बजार स्थिर, ११६ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ३.२१ अंकले घटेर परिसूचक २०४८.२६ बिन्दुमा रोकिएको छ ।
२६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कित्ता सेयर २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १२.१९, जलविद्युुत ७.३४, अन्य समूहको उपसूचक ५.५७ अंकले घटेको छ । कारोबारमा विकास बैंक ५३.५६, वित्त २८.८७, होटल ७६.४६, जीवन बिमा ६०.१४, माइक्रोफाइनान्स ११.०१, निर्जीबन बिमा समूहको उपसूचक ७.६३ प्रतिशतले बढेको छ ।

कारोबारमा नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, रिभर फल्स पावर, ज्योति विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा आइएमई लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल रिपब्लिक मिडिया र सोल्टी होटल रहेका छन् । कारोबारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०० वटाको घटेको छ ।


रवि धिताल