काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकको नाफा २४.९२ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकको २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी र प्राइम बैंक रहेका छन् । कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ।
यस्तै प्राइम बैंकको नाफा १८.८० प्रतिशतले घटेर २ अर्ब २६ करोड ३१ लाख ५४ हजार रुपैयाँमा सिमित भएको छ ।
असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
यस्तै धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार, एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार नाफा कमाएको छ ।
बैंकहरुले प्रकाशित वित्तीय वित्तीय अवस्था अनुसार ३ अर्ब भन्दा बढी नाफा कमाउनेमा ७ वटा , २ अर्ब भन्दा माथी नाफा कमाउनेमा ६ वटा र १ अर्ब भन्दा बढी नाफा कमाउनेमा २ वटा बैंक रहेका छन् ।
प्रतिक्रिया