सुजुकीका बाइकको नयाँ मूल्य सार्वजनिक, कुनको कति ?



काठमाडौं । सुकुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरहरुको नयाँ मूल्यसूची सार्वजनिक भएको छ ।

नेपालका लागि भिजि अटोमोबाइल्स प्रालिले आधिकारीक रुपमा बिक्री गर्ने सुजुकी ब्राण्डका बाइकहरुको मूल्यसूची सार्वजनिक भएको हो ।

नयाँ मूल्य सूचीअनुसार सुजुकीको जिक्सर बाइकको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँदेखि ४ लाख ९८ हजार ९ सय रुपैयाँसम्म रहेको छ । १५४.९ सिसिको जिक्सर (एसएफ) बाइकको २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, १५४.९ सिसिको जिक्सर (एफआई) बाइकको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ भने २४९ सिसिको जिक्सर एसएफ बाइकको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, सुजुकीको १५४.९ सिसिको इन्ट्रुडर बाइकको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै, ११३ सिसिको हायाते एपी बाइकको मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।

नयाँ मूल्य सूचीअनुसार सुजुकीका तीन स्कुटरहरु क्रमशः ब्रगमेन बिएससिक्स, एक्सेस बिएससिक्स र एभेनिस बिएससिक्सको मूल्य क्रमशः २ लाख ९७ हजार ९ सय रुपैयाँ, २ लाख ६५ हजार ९ सय रुपैयाँ र २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।


क्लिकमान्डु