बजाज ब्रान्डका मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति ?



काठमाडौं । बजाज ब्रान्डका मोटरसाइकल बेच्ने हंसराज हुलासचन्द एण्ड कर्पोरेटिभ प्रालिले नयाँ मूल्य सार्वजनिक गरेको छ । कम्पनीले बजारमा उपलब्ध भएको सम्पूर्ण मोटरसाइकलको सवारी साधनको नयाँ मूल्य तोकेको हो ।

कम्पनीले बजाजको प्लाटिनो १०० इएस मोडलको १०२ क्षमता भएको मोटरसाइकलको मूल्य १ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । त्यसैगरी, डिस्कभर १२५ डिस्क १२४।४५ क्षमताको मोटरसाइकलको २ लाख ३६ हजार ९ सय रुपैयाँ र डिस्कभर १२५ एसटी १२४।५९ क्षमताको २ लाख ४३ हजार ९ सय रुपैयाँ तोकेको छ ।

त्यसैगरी, कम्पनीले पल्सर १२५ डिस्कको २ लाख ५५ हजार ९ सय रुपैयाँ, पल्सर १२५ एनएस बीएससिक्सको २ लाख ८३ हजार ९ सय रुपैयाँ, पल्सर १५० एससडीको २ लाख ९३ हजार ९ सय रुपैयाँ, पल्सर १५० टीडीको ३ लाख ११ हजार ९ सय रुपैयाँ, पल्सर १६० एनएस डीडी एबीएसको ३ लाख ३० हजार ९ सय रुपैयाँ र पल्सर १६० एनएस ड्यूल एबीएसको ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ।

त्यस्तै, पल्सर एनएस १६० एन ड्यूल एबीएस बीएससिक्सको ३ लाख ९१ हजार ९ सय रुपैयाँ, पल्सर २२० एफ एबीएसको ३ लाख ९६ हजार ९ सय रुपैयाँ, पल्सर २०० एनएसको ३ लाख ४० हजार रुपैयाँ, पल्सर २०० एनएस एबीएसको ३ लाख ८४ हजार ९ सय रुपैयाँ, पल्सर २०० एनएस एफआई एबीएस ४ लाख १ हजार ९ सय रुपैयाँ, पल्सर २०० एनएस एफआई एबीएस बीएससिक्सको ४ लाख १३ हजार ९ सय रुपैयाँ, पल्सर २०० एनएस एफआई डीसी एबीएसक बीएससिक्सको ४ लाख २४ हजार ९ सय रुपैयाँ र पल्सर २५० एन ड्यूल एबीएस बीएससीसिक्सको ४ लाख ९४ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

साथै, कम्पनीले एभेन्जर १६० स्ट्रिट एबीएसको मूल्य ३ लाख ६१ हजरा ९ सय रुपैयाँ, एभेन्जर २२० क्रुइजको ४ लाख ९ हजार ९ सय रुपैयाँ, डोमिनार २५० एबीएसको ५ लाख ६७ हजार ९ सय रुपैयाँ, डोमिनार २५० एबीएस बीएससिक्सको ५ लाख ९४ हजार ९ सय रुपैयाँ, डोमिनार ४०० एबीएस बीएससिक्सको ५ लाख ९९ हजार ९ सय रुपैयाँ, म्याक्सिमा सी पेट्रोलको ६ लाख ६४ हजार ९ सय रुपैयाँ र रीई फोरएस पेट्रोर बीएससिक्सको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु