कुन भन्सार कार्यालयबाट कति भयो वैदेशिक व्यापार ?



काठमाडौं । आव २०७९/०८० मा नेपालमा विभिन्न देशबाट कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको सामान आयात भएको छ भने १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

देशभरमा रहेका २७ वटा भन्सार कार्यालयहरुबाट यो मात्रामा वैदेशिक व्यापार भएको हो । यीमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार आयाततर्फ वीरगन्ज भन्सार कार्यालय तथा निर्याततर्फ विराटनगर भन्सार कार्यालयबाट भएको छ ।

आव २०७९/०८० मा वीरगन्ज भन्सार कार्यालयबाट मात्र ३६.८२ प्रतिशत सामान आयात भएको छ भने विराटनगरबाट कुल निर्यातमध्ये २५.०३ प्रतिशत सामान निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै आयात भएको वीरगन्ज भन्सार कार्यालयबाट आव २०७९/०८० मा ५ खर्ब ९३ अर्ब ३९ करोड १७ लाख २० हजार रुपैयाँको सामान आयात भएको छ ।

त्यस्तै, सोही भन्सार कार्यालयबाट भएको निर्यात २३.३४ प्रतिशत छ । वीरगन्ज भन्सार कार्यालयबाट आव २०७९/०८० मा ३६ अर्ब ६७ करोड ४८ लाख ५४ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

त्यस्तै, सबैभन्दा धेरै निर्यात भएको विराटनगर भन्सार कार्यालयबाट ३९ अर्ब ३३ करोड ३५ लाख ३६ हजार रुपैयाँको सामान निर्यात भएको छ । त्यस्तै, सो कार्यालयबाट आव २०७९/०८० मा भएको ११.५७ आयात १ खर्ब ८६ अर्ब ५२ करोड ८४ लाख ६७ हजार रुपैयाँको सामान आयात भएको छ ।

कुन भन्सार कार्यालयबाट कति भयो वैदेशिक व्यापार ?

वीरगन्ज भन्सार कार्यालय र विराटनगर भन्सार कार्यालयबाहेक अन्य २५ भन्सार कार्यालयमध्ये केहीबाट आव २०७९/०८० मा उल्लेखनीय वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७९/०८० मा भैरहवा भन्सार कार्यालयबाट देशभरको कुलमध्ये १५.१९ प्रतिशत आयात र ६.७१ प्रतिशत निर्यात भएको छ । भैरहवा भन्सार कार्यालयबाट आव २०७९/०८० मा २ खर्ब ४४ अर्ब ७७ करोड ४२ लाख २६ हजार रुपैयाँको सामान आयात भएको छ भने निर्यात भने १० अर्ब ५३ करोड ९२ लाख २ हजार रुपैयाँको सामान भएको छ ।

त्यस्तै, सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट आयाततर्फ १२.५५ प्रतिशत अर्थात २ खर्ब २ अर्ब २८ करोड २६ लाख १६ हजार रुपैयाँको सामान आयात भएको छ भने ३.२३ प्रतिशत अर्थात ५ अर्ब ७ करोड १८ लाख ८९ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

त्यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ९.६० अर्थात् १ खर्ब ५४ अर्ब ६८ करोड ५४ लाख ३९ हजार रुपैयाँको सामान आयात भएको छ । त्यस्तै, सो कार्यालयबाट २२.६२ अर्थात ३५ अर्ब ५४ करोड ९९ लाख ४५ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयबाट ४.२० प्रतिशत अर्थात ६७ अर्ब ७४ करोड ३७ लाख ३५ हजार रुपैयाँको आयात भएको छ भने १.५८ प्रतिशत अर्थात २ अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

मेची भन्सार कार्यालयबाट २.८७ प्रतिशत अर्थात ४६ अर्ब २९ करोड २३ लाख ६ हजार रुपैयाँको सामान आयात भएको छ भने १४.०३ प्रतिशत अर्थात २२ अर्ब ४ करोड १७ लाख २० हजार रुपैयाँको सामान निर्यात भएको छ ।

त्यस्तै, कृष्णनगर भन्सार कार्यालयबाट १.२६ प्रतिशत अर्थात २० अर्ब ३७ करोड ९ लाख ९६ हजार रुपैयाँको सामान आयात भएको छ भने १.०१ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८० लाख १४ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

यी बाहेकका अन्य भन्सार कार्यालयबाट भने निकै न्युन मात्रामा आयात तथा निर्यात भएको छ । भद्रपुर भन्सार कार्यालयबाट देशभरको कुल आयातमध्ये ०.०२ प्रतिशत मात्रै आयात भएको छ । त्यहाँबाट आव २०७९/०८० मा ३२ करोड ५ लाख १७ हजार रुपैयाँको आयात भएको छ भने निर्यात शुन्य छ ।

त्यस्तै, चोभार बन्दरगाहबाट ०.०४ प्रतिशत अर्थात ६४ करोड २३ लाख ५ हजार रुपैयाँको सामान आयात भएको छ र ०.०१ प्रतिशत अर्थात १ करोड ४४ लाख २८ हजार रुपैयाँको सामान निर्यात भएको छ । गौर भन्सारबाट ०.०७ प्रतिशत अर्थात १ अर्ब ८ करोड ६४ लाख ५५ हजार रुपैयाँको सामान आयात भएको छ र ०.००३ प्रतिशत अर्थात ४८ लाख २१ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट ०.००१७ प्रतिशत अर्थात २ करोड ८८ लाख ५४ हजार रुपैयाँको सामान आयात भएको छ । त्यस्तै, ०.००२४ प्रतिशत अर्थात ३८ लाख ९० हजार रुपैयाँको सामान गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भन्सारबाट निर्यात भएको विभागको तथ्यांकले देखाउँछ ।

जलेश्वर भन्सार कार्यालयबाट ०.५२ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ८६ लाख ९७ हजार रुपैयाँको सामान आयात भएको छ भने १.०३ प्रतिशत अर्थात १ अर्ब ६१ करोड ११ लाख ८८ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

जनकपुर भन्सार कार्यालयबाट ०.०८ प्रतिशत अर्थात १ अर्ब २४ करोड १४ लाख ३५ हजार रुपैयाँको सामान आयात हुँदा त्यहाँबाट निर्यात भने शुन्य रहेको छ ।

त्यस्तै, कैलाली  भन्सार कार्यालयबाट १.६४ प्रतिशत अर्थात २६ अर्ब ४६ करोड ५९ लाख ४द्ध हजार रुपैयाँको सामान आयात भएको छ । सो भन्सारबाट ०.५३ प्रतिशत अर्थात ८३ करोड ६१ लााख २६ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

कञ्चनपुर भन्सार कार्यालयबाट भने ०.०९ प्रतिशत अर्थात १ अर्ब ४७ करोड ३ लाख ६१ हजार रुपैयाँको सामान आयात भएको छ भने ०.०१ प्रतिशत अर्थात १ करोड ८० लाख ४ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

महेशपुर भन्सार कार्यालयबाट ०.०३ प्रतिशत अर्थात ४२ करोड ८८ लाख २८ हजार रुपैयाँको सामान आयात भएको छ भने त्यहाँबाट भएको निर्यात भने शुन्य रहेको छ ।

त्यस्तै, राजबिराज भन्सारबाट ०.०१ प्रतिशत अर्थात ९ करोड ९ लाख २८ हजार रुपैयाँको सामान आयात हुँदा त्यहाँबाट कुनै पनि निर्यात हुन सकेन् । रसुवा भन्सार कार्यालयबाट भने १.८७ प्रशित अर्थात ३० अर्ब १४ करोड १० लाख ४ हजार रुपैयाँको आयात भएको छ र ०.७६ प्रतिशत अर्थात १ अर्ब १९ करोड ६० लाख ९० हजार रुपैयाँको निर्यात भएको छ ।

सर्लाही भन्सारबाट ०.१४ प्रतिशत अर्थात २ अर्ब २२ करोड ७२ हजार १५ लाख रुपैयाँको आयात भएको छ र ०.०७ प्रतिशत अर्थात ११ करोड ५७ लाख ९६ हजार रुपैयाँको निर्यात भएको छ । सती भन्सारबाट ०.०२ प्रतिशत अर्थात ३१ करोड १ लाख ७६ हजार रुपैयाँको सामान आयात भएको छ । त्यहाँबाट देशभरकोमध्ये ०.०००१ प्रतिशत अर्थात १ लाख ८६ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

सिराहा र सुनसरी भन्सार कार्यालयबाट क्रमशः ०.००२ प्रतिशत र ०.३३ प्रतिशत आयात भएको छ । सिराहाबाट २६ करोड ४४ लाख ६ हजार रुपैयाँको सामान आयात भएको छ भने सुनसरी भन्सारबाट ५ अर्ब ३३ करोड ४३ लाख ६४ हजार रुपैयाँको सामान आयात भएको छ । यी दुवै भन्सार कार्यालयबाट भने कुनै पनि निर्यात भएको छैन ।

त्यस्तै, सुथौली भन्सार कार्यालयबाट ०.२५ प्रतिशत अर्थात ३ अर्ब ९५ हजार ७१ लाख ७ हजार रुपैयाँको सामान आयात भएको छ भने ०.०४ प्रतिशत अर्थात ५ करोड ८२ लाख २० हजार रुपैयाँको सामान निर्यात भएको छ । तातोपानी भन्सारबाट ०.८२ प्रतिशत अर्थात १ ३ अर्ब २१ करोड १ लाख ६६ हजार रुपैयाँको सामान आयात भएको छ र ०.००३ प्रतिशत अर्थात ५९ लाख १५ हजार रुपैयाँको सामान निर्यात भएको छ ।

ठाडी र त्रिबेनी भन्सार कार्यालयबाट क्रमशः ०.०१ प्रतिशत र ०.०००१ प्रतिशत आयात भएको छ । यी दुवै भन्सार कार्यालयबाट कुनै पनि निर्यात हुन सकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार ठाडीबाट ८ करोड ७ लाख ६१ हजार रुपैयाँको सामान आयात भएको छ भने त्रिवेनी भन्सारबाट २७ लाख ४१ हजार रुपैयाँको सामान आयात भएको छ ।


क्लिकमान्डु