२५ लाखसम्मको अटो कर्जामा जोखिम भार घटाउने राष्ट्र बैंकको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ लाखसम्मको अटो कर्जामा जोखिम भार कम गर्ने भएको छ । आइतबार मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्य कर्जामा भने १५० नै जोखिमभार रहने स्पष्ट पारे ।

सानो स्केलको अटो बिक्रीमा कर्जा लगानी बढोस् भन्ने उद्देश्यले जोखिम भार घटाउन लागिएको उनले बताए ।

‘ठूलो स्केलको अटो कर्जामा हाल रहेको १५० प्रतिशतको जोखिम भार कायम नै छ । सानो स्केलको कर्जामा अर्थात् २५ लाखसम्म कर्जा लिँदा जोखिम भार १०० प्रतिशत बनाउने योजना छ,’ उनल भने, ‘सर्कुलरबाट थप प्रस्ट हुन्छ ।’

मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु