मौद्रिक नीति पारित, ३ बजे पत्रकार सम्मेलन
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो ।
राष्ट्र बैंकले केहीबेरमा वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गर्नेछ । मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने दिउँसो ३ बजे याक एन्ड यति होटलमा राखिएको छ ।
मौद्रिक नीति तर्जुमा कार्यविधिमा आर्थिक वर्ष सुरू भएको एक साताभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्थाअनुसार आजै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।