कोकाकोला बेच्ने बोटलर्स नेपालले एकै वर्ष गर्‍यो पौने २२ अर्बको व्यापार



काठमाडौं । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनीले बोटलर्स नेपालले एकै वर्ष पौने २२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २१ अर्ब ७२ करो २० लाख रुपैयाँको व्यापार गरेको हो ।

बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालको लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

त्यस्तै, दुईवटा कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६ अर्ब ७ करोड ६० लाख रुपैयाँको रेटिङ गराएका छन् ।
सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ९ अर्ब ६८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२२ मा ५१ प्रतिशतले व्यापार बढेको छ । कम्पनीको बजार हिस्सा ६१ प्रतिशत पुगेको छ ।

सन् २०२० मा ५७ प्रतिशत बजार हिस्सा ओगटेको थियो । सन् २०२० मा कोरोना महामारीका कारण व्यापार घटेको थियो । तर, सन् २०२२ मा व्यापार उच्चरुपमा बढेको कम्पनीले जनाएको छ । त्यस्तै, सन् २०२२ मा बोटलर्स नेपाल तराईको निर्यात बढेको उल्लेख छ । तर, सन् २०२३ को ११ महिनाको अवधिमा व्यापार घटेको कम्पनीले जनाएको छ । सन् २०२२ मा कच्चा पदार्थको मूल्य बढ्दा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, सन् १९८७ मा स्थापना भएको बोटलर्स नेपाल (तराई)ले सन् २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा६ अर्ब २१ करोड २० लाख रुपैयाँ, सन् २०२० मा ४ अर्ब ८४ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ८१ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ४८ प्रतिशतले बढेको छ । तर, मूल्यका कारण नाफा भने घटेको छ । त्यस्तै, सन् २०२२ मा ३ प्रतिशतले निर्यात घटेको छ ।

बोटलर्स नेपाल (तराई) ले पेय पदार्थ उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ठूलो बजार छ । बोटलर्स (तराई) को ९१ प्रतिशत शेयर सर्वसाधारणमा छ ।

कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि २ अर्ब ७० करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको देशभर २५० डिलर छन् ।


क्लिकमान्डु