आकासियो भारतमा गोलभेँडाको मूल्य, नेपालबाट भइरहेको छ तस्करी ?



काठमाडौं । भारतमा गोलभेँडाको मूल्य अत्यधिक वृद्धि भइरहँदा उत्तर प्रदेशसँगको भारत-नेपाल सीमाबाट तस्करी तिब्र भएको छ । भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा १५० भारतीय रुपैयाँ र शहरी क्षेत्रमा २ सय भारुसम्म पुगेको छ ।

हालसालै सीमा शुल्क विभागले गोलभेँडा भरिएको दुई ट्रक नियन्त्रणमा लिएको थियो जसमा करिब ३ हजार ६० किलो गोलभेँडा थियो । नेपालकी बिमला चौधरीले नेपालबाट ठूलो मात्रामा गोलभेँडा भारत गइरहेको तरकारी व्यवसायीले बताएको बीबीसीले जनाएको छ ।

व्यापारीहरुका अनुसार नेपालगञ्जको तरकारी बजारमा गोलभेँडाको मूल्य अहिले ६० रुपैयाँ प्रतिकिलो छ, जबकी भारतमा यसको मूल्य २ सय भारतीय रुपैयाँ प्रतिकिलो रहेको छ ।

एक व्यापारी मोहम्मद सलिम रायले सल्यानको कपूरकोटबाट ट्रकमा ल्याइएको दुई गाडी गोलभेँडा मध्ये ६० प्रतिशत नेपालगञ्जमा खपत हुन्छ र ४० प्रतिशत भारतमा निर्यात गरिन्छ । उनका अनुसार करीब एक महिनादेखि नेपालबाट भारततर्फ गोलभेँडा गइरहेको छ ।

नेपालगञ्जको रानी तलाऊस्थित तरकारी बजार प्रबन्धन समितिका अध्यक्ष मोतिसरा थापाका अनुसार नेपालगञ्जबाट प्रतिदिन १५ देखि २० टन गोलभेँडा भारत पठाइने गरिएको थियो तर अहिले नेपालगञ्ज सीमा शुल्क कार्यालयले यसमा कडाइ गरेको छ ।

महराजगञ्ज र गोरखपुर बाटो

उत्तर प्रदेशको महाराजगञ्जका स्थानीय पत्रकार आशीष सोनीका अनुसार, भारत नेपाल सीमामा जुन महिनाबाट गोलभेँडाको तस्करी जारी रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

सोनीका अनुसार, सीमाबाट गोलभेँडाको तस्करी गर्ने एक युवकले भने ‘नेपालमा टमाटरको भाउ प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ छ र भारतीय मुद्रामा जसको मूल्य २४ देखि ३८ भारतीय रुपैयाँ हुन्छ ।’

‘टमाटर नेपालको रूपन्देही, कपुरकोट र लुम्बिनीको अर्घखाचीको तरकारी बजारबाट भारत पठाइने गरिएको छ । भारतमा महराजगञ्ज र गोरखपुरको तरकारीमा यसलाई ७०/८० रुपैयाँ प्रतिकिलो बेच्ने गरिएको थियो’ ति युवकले भने ।

तर, के नेपालको बाटो चीनको गोलभेँडा भारत पुगिरहेको छ ? यसलाई नेपालका तरकारी व्यापारी अस्वीकार गर्छन् । भारत पुग्ने गोलभेँडा नेपालको बुटवल र किसानको खेतबाट जाने गरेको उनीहरुको भनाइ छ ।

नेपालमा ठूलोमात्रामा गोलभेँडा खेती हुने गरेको र दुई देशकाबीच हुने तस्करीले भारतमा गोलभेँडाको मूल्य बढेको एक स्थानीय पत्रकारको भनाइ छ ।

तर नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी दिल्लीप्रसाद शर्मा नेपालबाट भारत गोलभेँडा गइरहेको बारे आफूलाई केही जनाकारी नभएको बताउँछन् । ‘हामीसँग भारतबाट आउने तरकारीको ब्यहोरा छ तर नेपालबाट गएको तरकारीको कुनै रेकर्ड छैन’ उनले भने ।


क्लिकमान्डु