तालिममा दिइने झोला खरिदमा भ्रष्टाचार गरेको भन्दै शाखा अधिकृतविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ शाखा अधिकृत ओमनारायण झासहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मन्त्रालयअन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत झासहित २ जनामाथि गैरकानुनी लाभ तथा हानी पुर्‍याएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

झाले मन्त्रालयअन्तर्गतको जनकपुरधाम कार्यालयबाट आव २०७८/०७९ मा मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धि आयमुलक तालिम गर्दा भएको खर्चभन्दा बढी रकम लिएको र झोला खरिदमा भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले उनीविरुद्ध ७ लाख १ हजार ३८० रकम बिगो दाबी गरी कैद सजायसमेत माग गरेको छ ।

त्यस्तै, नैसी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीले झालाई भ्रष्टाचारमा सहयोग गरेको भन्दै मुद्दा दायर गरेको छ । उनीविरुद्ध ३ लाख ६८ हजार ८८० रुपैयाँ बिगो माग गरिएको छ ।


क्लिकमान्डु