शारडा र राठी ग्रुपको संयुक्त लगानी रहेको प्रिमियर स्टिलको व्यापार घट्यो



काठमाडौं । शारडा ग्रुप र राठी ग्रुपको संयुक्त लगानी रहेको प्रिमियर स्टिलको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा घटेको हो ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब १८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, कम्पनीले सन् २०२२ मा ५ अर्ब ८६ करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीको व्यापार ३२ करोड २० लाख रुपैयाँले व्यापार कम भएको छ ।

कम्पनीले सन् २०२० मा ३ अर्ब ८९ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले स्टिलजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । सन् २०१९ देखि उत्पादन गरी व्यापार सुरु गरेको कम्पनीले वार्षिक २ लाख ४० हजार मेट्रिक टन (दैनिक ८ सय मेट्रिक टन) टीएमटी बार र तार उत्पादन गर्न सक्ने क्षमता छ ।

त्यसैगरी, कम्पनीले फेब्रअरी २०२३ बाट १ लाख २० हजार मेट्रिक टन बिलेट उत्पादन गर्ने गरी उद्योग स्थापन गरी सञ्चालनमा ल्याएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ९८ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २३ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा ५ अर्बको व्यापार गर्दा ९६ प्रतिशत आम्दानी टीएमटी बारबाट मात्रै गरेको छ ।


क्लिकमान्डु