ललिता निवास प्रकरण: भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक पक्राउ
काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भूमि व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले श्रेष्ठलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।
२०६० सालमा श्रेष्ठ भूमिसुधार विभागका महानिर्देशक थिए । सो वर्ष ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको श्रेष्ठमाथि आरोप लागेको छ ।
बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रहरीको आरोप छ ।