१७ जुलाईबाट बढ्दै टाटाका गाडीको मूल्य, एक वर्षमा तेस्रो पटक बढ्दै



काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले सोमबार प्लासेन्जर गाडी (पिभी)को मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले जुलाई १७ बाट लागू हुने गरि मूल्य बढ्ने घोषणा गरेको हो ।

टाटाका अनुसार कम्पनीका सबै आईसीई इन्जिन भएका कार र विद्युतीय सवारीमा नयाँ मूल्य लागू हुनेछ । टाटा मोटर्सले बताएअनुसार फरक–फरक गाडीमा औसतमा ०.६ प्रतिशतले मूल्यवृद्धि हुनेछ । कम्पनीले मूल्यमा हुने वृद्धिलाई लागतको अवशिष्ट प्रभावको कारण भएको बताएको छ ।

टाटाले सन् २०२३ मा मात्रै यो तेस्रो पटक मूल्यवृद्धि गरेको हो । टाटाले पहिलो पटक सन् २०२३ को फेब्रुअरीमा मूल्य बढाएको थियो । त्यस्तै, यही वर्ष अप्रिलमा पनि सबै भेरियन्ट र मोडलका गाडीको मूल्य बढाइएको थियो । हाल पनि कम्पनीले गाडीको मूल्य ०.६ प्रतिशतले वृद्धि हुने घोषणा गरेको हो ।

कम्पनीले यसपटक गाडीहरुको मूल्य बढाउनुको कारण इनपुट लागत अर्थात् गाडी बनाउँदा लाग्ने लागत बढेका कारण प्यासेन्जर गाडीहरुको मूल्य बढाउने निर्णय गरेको बताएको छ ।


क्लिकमान्डु