क्लासी प्रिन्टिङ प्रेसले एकै वर्ष गर्यो १० करोड आम्दानी



काठमाडौं । क्लासी प्रिन्टिङ प्रेस प्रालिले एकै वर्ष साढे १० करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । यो अवधिमा कम्पनीले २३ प्रतिशतले नाफा कमाएको छ।

कम्पनीले म्यागाजिन, ब्रोसर, बुक्स, लिफलेट, क्यालेन्डर, लेटर हेड, प्रोस्पेक्टस आदि सामग्रीको डिजाइनिङ र प्रिन्टिङको काम गर्दै आएको छ ।

भक्तपुरको राधेराधेमा उद्योग रहेको कम्पनीमा ५१ प्रतिशत हिस्सा उमा कोइराला दाहालको स्वामित्व छ भने ४९ प्रतिशत अन्य ६ जना सेयरहोल्डरका छन् ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ७२ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एलबी प्लस र एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु