ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ



काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार रौनियारलाई काठमाडौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालय काठमाडौं प्रवक्ता दिनेशराज मैनालीले रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको जानकारी दिए । रौनियार काठमाडौं बस्ने भएकाले उनलाई पक्राउ गरी सहयोग गर्न बाँके प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई आग्रह गरेको थियो । सोही अनुसार आज रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।

रौनियार संघीय समाजवादी फोरमबाट पूर्व सांसद समेत हुन् । सांसद रहेको समयमा उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको थियो । उनले धेरै ठेक्का अलपत्र पारेका छन् । उनकाे कम्पनी आजमात्रै कालोसूचीमा परेको थियो ।


क्लिकमान्डु