नेपाललाई एडीबीको साढे ६ अर्ब ऋण सहयोग



काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण सहयोग दिने भएको छ । नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्चिने गरी एडीबीले ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रुपैयाँ) ऋण दिने भएको हो ।

यो ऋण सहायता जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा उपयोग गरिनेछ । त्यस्तै भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुनेछ । आर्थिक सर्वेक्षणअनुसार नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत छ ।

एडीबीका दक्षिण एसिया विभागका निर्देशक थियाम ही एनजीले व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउनुका साथै समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान सहयोग गर्ने बताएका छन् ।


क्लिकमान्डु