सीजी होल्डिङको हिमालयन ब्रुअरीको व्यापार ५१ प्रतिशतले बढ्यो, ५२ करोडको कारोबार



काठमाडौं । सीजी होल्डीङद्वारा सञ्चालित हिमालयन ब्रुअरीको व्यापार ५२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ५१.४३ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ५२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा १८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८१ मा हिमालयन ब्रुअरीको नाममा स्थापना भएको कम्पनीलाई सन् २०१९ मा सीजी होल्डिङले अधिग्रहण गरेको हो ।

ललितपुरको गोदावारीमा रहेको उद्योगले वार्षिक ८० हजार हेक्टोलिटर मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न ५ वटा ब्रान्डमा बियर उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले काठमाडौं, आइस बर्ग, निन्जा, कमान्डो र हिमालयन ब्रान्डमा विभिन्न बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विशेषगरी नेपालीहरुको रङहरुको पर्व होलीलाई लक्षित गरेर उक्त बियर उत्पादन सुरु गरेको उल्लेख छ ।

उत्पादन गर्ने ५ प्रकारको ब्रान्डमध्ये कमान्डो सबैभन्दा बढी बिक्री हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीअनुसार कम्पनीले व्यापार गरेकोमध्ये ७० प्रतिशत हिस्सा कमान्डोको छ । त्यसपछि हिमालयन ब्रान्डको छ ।

कम्पनीले प्रिमियम, सेमि–प्रिमियम, स्ट्रङ र एक्स्ट्रा–स्ट्रङ प्रकारका मदिरा उत्पादन गदै आएको छ । चौधरी ग्रुपकै हिस्सा रहेको सिजी होल्डिङमा अरुण चौधरी अध्यक्ष छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५६ करोड २४ लाख रुपैयाँ अर्थात् बीप्लस र अल्पकालीन कर्जाका लागि १५ करोड ७५ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।


क्लिकमान्डु