औषधि बेच्ने रेन्बो ट्रेड कन्सर्नले ९ महिनामा गर्‍यो साढे १ अर्बको व्यापार



सांकेतिक तस्बिर

काठमाडौं । विभिन्न प्रकारका औषधि आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको रेन्बो ट्रेड कन्सर्न प्रालिले ९ महिनाको अवधिमा १ अर्ब ४१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब साढे १ अर्बको व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा १ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२१ मा १ अर्ब ६२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२० मा १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

पछिल्लो ४ वर्षमा व्यापार १४ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । कम्पनीले व्यापार गरेकोमध्ये ४३ प्रतिशत हिस्सा मुख्य १० प्रकारका औषधिमा नीहित रहेको जनाएको छ ।

इपीलेप्सी डाइबेटिज, हाइपरटेन्सनलगायत अन्य विभिन्न प्रकारका औषधि बिक्री गर्ने कम्पनीले इन्टास फर्मास्यूटिकल्स लिमिटेडसँग सम्झौता गरी व्यापार गर्दै आएको छ ।

देशभर एक सयभन्दा बढी होलसेल रहेको कम्पनीको अध्यक्ष सुरेशकुमार अग्रवाल हुन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७६ करोड ८७ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु