सोना प्याकेजिङ इन्डष्ट्रिजको व्यापार घट्यो, १ अर्ब ६९ करोड आम्दानी



काठमाडौं । सोना प्याकेजिङ इन्डिष्ट्रिजको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा घटेको हो ।

सन् २०२१ मा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार सन् २०२२ मा ४ करोड रुपैयाँले घटेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ३७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००७ मा स्थापना भएको कम्पनीले र्‍यापर र प्याकेजिङ सामग्री बिक्री वितरण गर्दै आएको छ । मासिक ६ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १० करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६४ करोड ५९ लाख रुपैयाँको रेटिङ गराएको छ । यसोदा फुड्सको अध्यक्षसमेत रहेका चुन्नाप्रसाद शर्मा कम्पनीका अध्यक्ष हुन् ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी आवश्यक वस्तुहरु उत्पादन गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२२ मा ७.२५ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा १५.२२ प्रतिशतले नाफा कमाएको थियो ।


क्लिकमान्डु