अनमोल ब्रान्डको आँटा तथा मैदा बेच्ने कम्पनीले गर्‍यो १ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा अनमोल ब्रान्डको चक्की आँटा, चोकर, मैदा, सुजी र अन्य खाद्यान्न वस्तु बिक्री वितरण गर्दै आएको माँ दुर्गा फुड्स प्रालिले एकै वर्ष १ अर्ब ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीअनुसार सन् २०२२ मा व्यापार बढी गरेपनि नाफा भने कम गरेको छ । कम्पनीले सन् २०२१ मा २.५६ प्रतिशत नाफा कमाएकोमा सन् २०२२ मा ०.४५ प्रतिशतले खुद नाफा कमाएको छ ।

कम्पनीले सन् २०२१ मा ९८ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ७९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०१४ मा स्थापना भएको कम्पनीले गहुँ प्रशोधन गरी पिठोजन्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको दुई वटा उद्योग छन् । जसमा एउटा उद्योगले दैनिक २४० मेट्रिक मैदा उत्पादन गर्छ भने अर्को उद्योगले ८० मेट्रिक टन चक्की आटा उत्पादन गर्दै आएका छन् ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० रुपैयाँ रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

अनुज रुङुगाटा अध्यक्ष रहेको कम्पनीको देशभर वितरक नेटवर्क छन् । कम्पनीले १ केजीदेखि ५० केजीसम्मको प्याकेटमा आफ्नो सामग्री बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु