गोल्यान र अग्रवाल परिवारको लगानी रहेको शिवम् प्लाष्टिकको व्यापार वार्षिक डेढ अर्ब



काठमाडौं । गोल्यान र अग्रवाल परिवारको संयुक्त लगानी रहेको शिवम् प्लाष्टिक इन्डष्ट्रिजले एकै वर्ष गर्‍यो साढे डेढ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ६४ करोड ३२ लाख (अपरिष्कृत) व्यापार गरेको हो ।

कम्पनीले सन् २०२० मा १ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ६० करोड ८२ लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब २ करोड ९३ लाख रुपैयाँ र सन् २०१७ मा ८५ करोड २८ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००० मा स्थापना भएको कम्पनी नेपालको पोलिप्रोपिलिन ओभन फ्याब्रिक, एचडीपीई ओभर फ्याब्रिक टर्पिलिन फ्याब्रिक उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । कम्पनीले आन्तरिक बजारमा मात्रै नभएर उत्पादन गरेको वस्तु निर्यात पनि गर्दै आएको छ । कम्पनीले विशेषगरी भारतमा निर्यात गर्दै आएको छ ।

वार्षिक १० हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीमा गोल्यान परिवार (गोल्यान ग्रुप) र अग्रवाल परिवार गरी ६ जनाको संयुक्त लगानी छ ।

देवेन्द्रकुमार अग्रवालको १९ प्रतिशत बासुदेव गोल्यानको २५ प्रतिशत, कुमुद गोल्यानको १६ प्रतिशत, शक्तिमुमार गोल्यानको १५ प्रतिशत र निशिल अग्रवाल र विजय अग्रवालको १३/१३ प्रतिशत हिस्सा छ ।

कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ३८ करोड रुपैयाँको रेटिङ गराएको छ । रेटिङ एजेन्सीले कम्पनीलाई इस्यू नट कोओपरेटिङ रेटिङ दिएको छ ।


क्लिकमान्डु