जेठमा ५ अर्ब विदेशी लगानीको प्रतिबद्धता



काठमाडौं । जेठ महिनामा विदेशी लगानी ह्वात्तै बढेको छ । जेठ महिनामा मात्रै विदेशी लगानीका ५७ वटा उद्योग दर्ता गरेका छन् । उक्त दर्ता भएको उद्योगले करिब ५ अर्ब लगानी प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्रै ४ अर्ब ९६ करोड ५३ लाख २३ हजार रुपैयाँ लगानी प्रतिबबद्धता जनाएको छ । गत वैशाखमा १ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, गत चैतमा ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ, पाmगुनमा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ, माघमा १ अर्ब ३९ करोड रुपैयाँ, पुसमा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ, माघमा ८० करोड ८० लाख रुपैयाँ, कात्तिकमा ३ अर्ब ६५ करोड रुपैयाँ, असोजमा १ करोड ८५ करोड ४७ लाख रुपैयाँ, भदौमा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ र साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै जेठसम्ममा विभिन्न देशका लगानीकर्ताले २७४ वटा उद्योग दर्ता गरी ३४ अर्ब ५८ करोड ४ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता जनाएका छन् । साथै, हालसम्ममा ४ खर्ब ५३ अर्ब ८४ करोड ९९ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै जेठमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट९एसएसए० र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) गरी १५ वटा उद्योगमार्फत् ७ करोड ३१ लाख रुपैयाँ लगानी प्रतिद्धता जनाएका छन् । चालु आर्थिक वर्षको जेठसम्ममा भने १२६ वटा उद्योगमा एसपीए, एसएसएस र टीटीएमार्फत् १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागअनुसार जेठमा विदेशी लगानी प्रतिबद्धता जनाउने ३०२ जना लगानीकर्ताले बिजनेश भिसा लिएको छ । त्यसमा ४४ जना प्रतिनिधि र १३४ जनाले डिपिन्डेन्ट भिसा लिएका छन् ।

नाफासहित साढे १४ करोड रुपैयाँ विदेश लैजान प्रस्ताव

जेठ महिनामा नाफासहित रोयल्टी गरेर साढे १४ करोड रुपैयाँ विदेश लैजान प्रस्ताव गरेको छ । विभागअनुसार जेठ महिनामा रायल्टीवापत ६ करोड ७५ लाख २५ हजार रुपैयाँ, २ लाख ९२ हजार १३३ अमेरिकी डलर, १ लाख ५३ हजार भारतीय रुपैयाँ र ४२ हजार युरो विदेश लैजान प्रस्ताव गरेका छन् । साथै, नाफासहित ३ करोड २४ लाख रुपैयाँ लैजान प्रस्ताव गरेका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षको जेठसम्ममा रोयल्टीवापत २ अर्ब ३२ करोड ८ लाख रुपैयाँ, १६ लाख १५ हजार अमेरिकी डलर, ३० करोड ७० लाख भारतीय रुपैयाँ र ४९ हजार युरो विदेश लैजान प्रस्ताव गरेका छन् । साथै, नेपालमा लगानी गरेको विदेशी उद्योगबाट नाफा कमाएकोवापत १३ अर्ब ८२ करोड ५५ लाख रुपैयाँ लैजान विभागका प्रस्ताव पेश गरेका छन् ।


क्लिकमान्डु