प्रभु बैंक र प्यारामाउण्ट मोटर्सबीच एमजी इलेक्ट्रिक भेहिकलका लागि कर्जा दिने सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र प्यारामाउण्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्ट मोटर्स प्रालिका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

प्रभु बैंक र प्यारामाउण्ट मोटर्स प्रालिबीच सम्पन्न उक्त सम्झौता अनुसार प्यारामाउण्ट मोटर्स प्रालिद्धारा आयात गरिएको एमजी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहक महानुभावहरुले छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकको विश्वास छ ।


क्लिकमान्डु