भगवान कोइरालाको बाल अस्पताललाई एभरेष्ट बैंकको १० लाख रुपैयाँ सहयोग



काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल सञ्चालनार्थ स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका थिए ।

यसबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

सो कार्यक्रममा नायब महाप्रबन्धक केशव राज पौडेल लगायत अन्य विशिष्ट व्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
स्थापनाकाल देखिने ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२५ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


क्लिकमान्डु